२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण

सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण


सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा भैँसीमा रेबिजको सङ्क्रमण भेटिएको छ । गुर्भाकोट नगरपालिका–२ दह गाउँका नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैँसीमा रेबिज सङ्क्रमण देखा परेको हो ।

सोमवारदेखि भैँसीमा रेबिज रोगको लक्षण देखा पर्न थालेको भेटेरिनरी प्राविधिक टोप नारायण गैरेले चेकजाँच तथा अनुसन्धान गर्दा रेबिज रोग लागेको पुष्टि गरेका छन् ।

भैँसीको शरीरमा कुनै पनि टोकाई देखा नपरेको हुँदा बाहिर राखेको पानी तथा दानाबाट रेबिज सरेको स्थानीयहरूले अनुमान गरेका छन् ।

केही महिना अघि गुर्भाकोट नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप सञ्चालन गरेता पनि छाडा कुकुरलाई रेबिज खोप लगाउने कार्य नभएको हुँदा छाडा कुकुरदेखि सावधान रहन प्राविधिक गैरेले आग्रह गरे ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ