२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगियो

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगियो


काठमाडौं — ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको छ । उनलाई श्री एयरलाइन्समार्फत भारत लागिएको हो ।

उनी बुधबार राती आमासँगै ग्याँस विस्फोटमा परेका थिए । कीर्तिपुर अस्पतालले सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो । उनकी आमाको भने उपचारका क्रममा निधन भएको छ ।

उनीसँगै ६ जना स्वास्थ्यकर्मीको टोली पनि भारत पुगेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ