२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ५ वर्षमा ८ हजार मेडिकल अधिकृत थपिए, विशेषज्ञ चिकित्सक १० हजार नाघे

नेपालमा ५ वर्षमा ८ हजार मेडिकल अधिकृत थपिए, विशेषज्ञ चिकित्सक १० हजार नाघे


काठमाडौं—नेपालमा पछिल्ला ५ वर्षको अवधिमा ८ हजार मेडिकल अधिकृत थपिएका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार सन् २०१८ देखि सन् २०२२ सम्म ८ हजार ४ सय ६७ जना मेडिकल अधिकृत तथा डेन्टल सर्जन काउन्सिल दर्ता भएका छन् ।

सन् २०१८ मा २३ हजार ७ सय ५१ जना मेडिकल अधिकृत तथा डेन्टल सर्जन रहेका थिए । जसमा मेडिकल अधिकृत २१ हजार ३३ जना रहेका थिए भने डेन्टल सर्जन २ हजार ७ सय १८ जना रहेका थिए ।

सन् २०२२ मा आइपुग्दा काउन्सिलमा दर्ता मेडिकल अधिकृत तथा डेन्टल सर्जनको संख्या ३२ हजार २ सय १८ पुगेको छ । जसमा मेडिकल अधिकृत २७ हजार ८ सय ५ र डेन्टल सर्जन ४ हजार ४ सय १३ रहेका छन् ।

१० हजार कटे विशेषज्ञ चिकित्सक

नेपालमा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरुको संख्या पनि बढेको छ । काउन्सिल उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा सन् २०२२ सम्म दर्ता भएका विशेषज्ञ चिकित्सकको संख्या १० हजार ८० पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी इन्टरनल मेडिसिनमा १०८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन् । यसैगरी दोस्रोमा स्त्री तथा प्रसुति रोगमा ९९४ जना, तेस्रोमा जनरल सर्जरीमा ९४७ जना, तेस्रोमा अर्थोपेडिक्समा ८०५, चौथोमा पेडियाट्रिकमा ७८१ जना, पाँचौमा एनेस्थेसियामा ६७७ जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन् ।

रेडियोलोजी तथा इमेजिङमा ६६३ जना, अप्थामोलोजिष्टमा ४६३ जना, जनरल प्रायाक्टिसमा ४५१ जना, प्याथालोजीमा ३६२ जना र छाला रोगमा ३३९ जना विशेषज्ञ चिकित्सक दर्ता भएको काउन्सिलको तथ्यांकमा छ ।

कुन विषयका कति विशेषज्ञ चिकित्सक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ