२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमका पहिलो प्राध्यापक डा. श्रेष्ठको निधन

आईओएमका पहिलो प्राध्यापक डा. श्रेष्ठको निधन


काठमाडौ-त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । सोमबार विहान ४ः३० बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ८८ वर्षीय डा. श्रेष्ठको निधन भएको अस्पतालका प्रमुख डा. वसन्त पन्तले जानकारी दिए ।

‘उहाँको विहान ४ः३० निधन भएको हो । पोष्ट कोभिड सिन्डोमका कारण श्वास प्रश्वास सम्बन्धी समस्या बढेको थियो,’ डा. पन्तले हेल्थआवाजसँग भने । डा. श्रेष्ठको उपचारमा डा. अर्जुन कार्कीलगायतको टिम संलग्न रहेको थियो ।

श्वास प्रश्वास सम्बन्धी समस्याक कारण उनी एक हप्तादेखि अन्नपुर्ण न्यूरोमा उपचारत रहेका थिए। प्रा.डा. श्रेष्ठ वि.सं. २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री थिए ।

सामुदायिक चिकित्साका ज्ञाता रहेका डा. श्रेष्ठकै योजनामा चिकित्सक सहर केन्द्रीत होइन्, समुदाय केन्द्रीत हुने पाठ्यक्रम तय भएको थियो । कम्युनिटी मेडिसिनका प्रवर्तक रहेका उनले बनाएको पाठ्यक्रम भारतमा समेत फ्लो गरिदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ