२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री गिरीले भेटे स्वीट्जरल्याण्डका राष्ट्रपति

स्वास्थ्यमन्त्री गिरीले भेटे स्वीट्जरल्याण्डका राष्ट्रपति

बिरामी सुरक्षाका विषयमा सहकार्य गर्ने प्रतिवद्धता


काठमाडौं–स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटसँग स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भेटवार्ता गरेका छन् । बिरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुगेका गिरीले शुक्रबार त्यहाँका राष्ट्रपतिसँग भेट गरेका छन् ।

कार्यक्रमस्थलमा भएको भेटमा मन्त्री गिरीले बिरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय कार्यशालामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिवद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ