२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपृथ्वीबहादुर शाहले क्यान्सर, अल्जाइमर बिरामी र जेष्ठ नागरिकको पैसा ठगेको प्रहरी अनुसन्धानको खुलासा

पृथ्वीबहादुर शाहले क्यान्सर, अल्जाइमर बिरामी र जेष्ठ नागरिकको पैसा ठगेको प्रहरी अनुसन्धानको खुलासा


काठमाडौं—नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शंकास्पद धन नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहले क्यान्सर, अल्जाइमरका बिरामी र वृद्धवृद्धा अमेरिकी नागरिकलाई ठगी गरेको जनाएको छ ।

बुधबार ब्यूरोले गरेको पत्रकार सम्मेलनमा एसपी सन्जय थापाले पृथ्वी शाह र उनको समूहमाथिको अनुसन्धान टुंगोमा पुगेको जानकारी दिदैं उनीहरुले अमेरिकी नागरिकबाट अमेजनको बिल भुक्तानी गर्ने , एन्टी भाइरस बिल तिर्नेलगायतका नाममा ठगी गरेको देखिएको बताए ।

‘पृथ्वी र उनको समूहले क्यान्सर, अल्जाइमर्स, पार्किसन्सजस्ता रोग भएका र वृद्धवद्धा अमेरिकी नागरिकहरुलाई ठगी गरेको देखिएको छ,’ थापाले भने, ‘एन्टीभाइरसको विल तिर्ने, अमेजनको विल भुक्तानी गर्ने निहुँमा ती व्यक्तिहरुको कम्प्युटर र खातामा पहुँच पुर्‍याएर वित्तिय जानकारी लिने र पैसा ठगी गर्ने गरेको पाइएको छ ।’

प्रहरीकाअनुसार पृथ्वीले रिमोट एक्सेसबाट पीडितहरुको बैंक खातामा पहुँच बनाएर उनीहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल र थाइल्याण्डमा ट्रान्सफर गर्ने गरेका थिए । उनीहरुले क्यान्सर, अल्जाइमर पीडित बिरामी र वृद्धवद्धाको खातामा पहुँच पुर्‍याएपछि मनी लाउण्डरिङ युनिटले कारवाही गर्ने, कानुनी उल्झनमा परिन्छ भन्दैं कानुनी प्रक्रियामा नजान धम्की समेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाह विरुद्ध आफ्नो बैंक खाताबाट रकम गठी गरेको भन्दैं २४ जना अमेरिकी नागरिकले सिआईबीमा उजुरी गरेका छन् । प्रहरीले अमेरिकी दूतावास र फेडरल ब्यूरो अफ इन्भेष्टीगेसन (एफबीआई) सहयोगमा यो केसमाथि अनुसन्धान गरेको हो ।

अनुसन्धानबाट शाहले संगठित रुपमा विभिन्न २४ भन्दा बढी कम्पनी स्थापना गरेर विभिन्न विदेशी नागरिकबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर, २२ हजार बेलायती पाउण्ड र ३ लाख ४० हजार क्यानेडियन डलर ठगी गरेको खुलेको छ ।

ब्यूरोले यो कार्यक्रमा पृथ्वी, उनका भाइसहित २० जना संलग्न रहेको र त्यसमध्ये ७ जना पक्राउ परेको जनाएको छ ।

तर, शाहले भने उक्त रकम आफूले वैदेशिक लगानीका रुपमा नेपाल भित्र्याएको दावी गर्दै आएका थिए । उनले विदेशी नागरिकहरुको खाताबाट अवैद्य पहुँच पुर्‍याएर भित्र्याएको उक्त रकमको केही हिस्सा बैंकहरुमा रोक्का छ ।

तर, शाहले भने उक्त रकम आफूले वैदेशिक लगानीका रुपमा नेपाल भित्र्याएको दावी गर्दै आएका थिए । उनले विदेशी नागरिकहरुको खाताबाट अवैद्य पहुँच पुर्‍याएर भित्र्याएको उक्त रकमको केही हिस्सा बैंकहरुमा राष्ट्र बैंकले रोक्का गरिदिएको छ ।

राष्ट्र बैंकले शाहले भित्र्याएको रकम शंकास्पद भन्दैं रोक्का गरिदिएपछि उनी तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई गुहार्न पुगेका थिए । शर्माले पनि शाहले वैदेशिक लगानी भित्र्याएको भन्दैं राष्ट्र बैंकलाई पत्र लेखेर उक्त रकम फुकुवा गर्न निर्देशन दिएका थिए । यही कारण अर्थमन्त्री शर्मा विवादमा तानिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ