२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभोलिबाट काठमाडौंमा ३ दिने अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुँदै

भोलिबाट काठमाडौंमा ३ दिने अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुँदै


काठमाडौं – अन्तर्राष्ट्रिय आयुर्वेदको सातौँ महासभा काठमाडौँमा हुने भएको छ । बिहिबार एक प्रेस मिट आयोजना गर्दै स्थानिय आयोजक महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौँको सोल्टी होटलमा उक्त महासभा गरिने जनाएका हुन् ।

महासभाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्ने जनाइएको छ भने, कार्यक्रममा भाग लिन नेपाल र भारतका १००/१०० आयुर्वेद विज्ञ र यूरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय जगतबाट १०० जना आयुर्वे विज्ञहरु सहभागी हुने जनाइएको छ ।

“सबैका लागि समग्र स्वास्थ्योपचार” मूल नारा लिएको यो महासभा यसअघि सन् २०१५ मा नेदल्याण्डमा, सन् २०१७ मा बेलायतमा, सन् २०१८ मा ब्राजिल, नेदरल्याण्ड, सोल्भानिया लेइडेन र नेदरल्याण्डमा सम्पन्न भएको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेसन नेदरल्याण्ड, अल इण्डिया आयुर्वेद कांग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी आफ आयुर्वेद पुर्णे रहेका छन् । उक्त महासभाको प्रमुख आयोजक रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ