२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लिला

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लिला


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लिलानाथ भण्डारी कार्यभार तोकिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भण्डारीलाई परिषद्को निमित्त रजिष्ट्रारको कार्यभार दिइएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

११ फागुनमा परिषद्का रजिष्ट्रार पुष्प खनालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो । राष्ट्रपति निर्वाचनका कारण रजिष्ट्रार नियुक्त प्रक्रिया लम्बिने भएपछि भण्डारीलाई कार्यवहाकको जिम्मेवारी दिएर परिषद् पठाइएको हो ।

भण्डारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ