२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिका लेखा अधिकृत राई आफूमाथि झम्टिएको भन्दैं डाक्टरले दिए उजुरी

कान्तिका लेखा अधिकृत राई आफूमाथि झम्टिएको भन्दैं डाक्टरले दिए उजुरी


काठमाडौं—कान्ति बाल अस्पतालका लेखा अधिकृत वीर सिंह राई विरुद्ध एक जना चिकित्सकले आफूलाई गुण्डागर्दी शैलीमा झम्टिएको भन्दैं कारवाहीको माग गरेर उजुरी हालेका छन् ।

मंगलबार अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. राकेश घिसिङले सेवाग्राहीका रुपमा आफू लेखा शाखामा पुग्दा आफूमाथि अमर्यादित रुपमा झम्टिएको भन्दैं कारवाहीका लागि अस्पताल विकास समिति र निर्देशकलाई गुहारेका हुन् ।

डा. राकेशले टि.ए./डि.ए.का बारेमा आफू सेवाग्राहीका रुपमा लेखा शाखामा सोधपुछ गर्न जाँदा लेखा अधिकृत राईले अभद्र, अनुशासनहीन तरिकाले तथानाम शब्दहरु प्रयोग गरेको र झम्टिएको बताएका छन् ।

‘मलाई अभद्र, अनुशासनहीन तरिकाले दुर्व्यवहार गरी गाली गलौज गरी ‘तँ’जस्तो तुच्छ शब्द प्रयोग गरी ‘बाहिर निस्की’ भनी गुण्डागर्दी शैलीमा झम्टिएकोले गर्दा उहाँलाई निजामती सेवा ऐन, २०४९ कडाभन्दा कडा कारवाही गरी पाउँ भनी यो निवेदन पेश गरेको छु,’ डा. राकेशले अस्पतालका निर्देशक तथा अस्पताल व्यवस्थापन समितिलाई लेखेको पत्रमा छ ।

उनले यसरी भ्रष्ट प्रवृति देखाई आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छने कुशासन प्रवृति र भ्रष्ट कर्मचारीतन्त्रले अस्पताल तथा सिंगो राष्ट्रलाई घात हुने भन्दैं पूर्ण संवेदनशील भएर कारवाही अगाडि बढाउन माग गरेका हुन् ।

डा. राकेशले लेखा अधिकृत राईले यसअघि पनि अनादर र अनुशासनहीन तरिकाले कामबाट पन्छिएको उल्लेख गरेका छन् ।

कान्तिका निर्देशक डा. युवानिधी बसौलाले आफू कहाँ कारवाहीको माग गर्दै उजुरी दर्ता भएको पुष्टि गरे । ‘उहाँ विरुद्ध एक जना चिकित्सकले उजुरी हाल्नुभएको छ,’ उनले भने, ‘हामी अध्ययन गर्दैछौं ।’

लेखा अधिकृत राईले डा. राकेश अभद्र भएकोले  आफूसँग उनको सामान्य वादविवाद मात्रै भएको बताए । ‘उहाँ अभद्र हुनुहुन्छ । टिएडिए क्लेम गर्दै आउनुभएको थियो । कागजपत्र मिलेको थिएन्, करारको कर्मचारीलाई टिएडिए दिन पनि मिल्दैन्,’ उनले भने, ‘उहाँले लेखापाल, कर्मचारीलाई हप्काउने गर्नुहुन्छ । उहाँ अलि एबनर्मल हुनुहुन्छ । काम पनि गर्नुहुन्न ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ