२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचार नपाएर छटपटाउँदैं मिर्गौला पीडित कमानसिंह

उपचार नपाएर छटपटाउँदैं मिर्गौला पीडित कमानसिंह


जुम्ला – गुठीचौर गाउँपालिका– ३ गज्र्याङ्गकोट गाउँका ४० वर्षीय कमानसिंह परियारका २ वटै मिर्गौला फेल भएका छन् । पाँच महिनाअघि परिवारसहित रोजगारीका लागि छिमेकी मुलुक भारत गएका परियारका दुवै मिर्गौलाले काम गर्न छोडेका हुन् ।

भारतमै उपचार गराउन नसकेपछि मिर्गौला पीडित कमानसिंहको परिवार फागुन २५ गते जुम्ला आइपुगेका हुन् । २ छोरी, १ छोरा र श्रीमतीसहित जुम्ला पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए ।

उनले भने ‘आर्थिक अभावका कारण घरमै मिर्गौला पीडित परियार छटपटाएका छन् । भारतको हिमाचल प्रदेशको कटगाँउबाट आफ्नै जन्मभूमीमा मृत्युवरण गर्ने निधो गरी घर फर्केका हुन् । उपचार पाएको खण्डमा बाँच्ने रहर गरेका उनी आर्थिक अभावमा छन् । ‘

कमान सिंहले उपचारको अभावमा ज्यान गुमाएमा बालबच्चाको बिचल्ली हुने चिन्ता गरेका छन् । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गर्न उनले अपिल गरेका छन् ।

‘वडा पालिकाबाट केही सहयोग गरेर भारतबाट घरसम्म ल्याएका छौँ.’ वडाध्यक्ष बुढाले भने ‘मिर्गौला पीडित परियारको सहयोगका लागि सबैसँग अनुरोध पनि गरेका छौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ