२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविपन्न परिवारलाई निःशुल्क बिमा

विपन्न परिवारलाई निःशुल्क बिमा


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ । पालिका भित्रका अति विपन्न परिवार छनौट गरेर निःशुल्क स्वास्थ्य बिमा थालिएको हो ।

प्रदेश स्वास्थ्य बिमा बोर्डसँग नगरपालिकाले सम्झौता गरे निःशुल्क बिमा उपलब्ध गराउने भएको छ । वडा-वडाबाट पहिचान गरेर आएका अति विपन्नलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिँदा उनीहरुको उपचार सहज हुने नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘रकम हुनेले पनि बिमा गर्ने र नहुनेले अति विपन्नको पहिचान गरी नगरले नै बिमा गरिदिने व्यवस्था मिलाइएको छ ।’ उनले भनिन्,‘चालु आर्थिक वर्ष नगरपालिकामा स्वास्थ्य बिमाका लागि १० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।’

चालु आर्थिक वर्षमा वर्ष करिब आठ सय जना विपन्नको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना रहेको नगर स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले बताए । ‘हालसम्म एक सय १९ जना विपन्न परिवार सम्पर्कमा आएको छन् ।’ उनले भने,‘अति विपन्न पहिचान गरेपछि वडामा रहेका दर्ता सहजकर्ता घरमै पुगेर बिमा गरिने छ ।’

कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिकाले विपन्नको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाएको प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक सिर्जना पौडेलले बताइन् । ‘बिमामा सुर्खेतको आबद्धता १९ प्रतिशत मात्रै भएको हुँदा धेरैभन्दा धेरैलाई स्वास्थ्य बिमामा जोड्न पहल गर्न आवश्यक रहेको छ ।’ उनले भनिन्,‘स्वास्थ्य बिमामा जोडिएमा नागरिकले सबै प्रकारको स्वास्थ्य लाभ लिन सक्छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ