२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाल शल्य चिकित्सक अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु

बाल शल्य चिकित्सक अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु


काठमाडौँ–बाल शल्य चिकित्सकको नेपालमा पहिलो अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ। बाल शल्य चिकित्सक चिकित्सक संघ नेपालको आयोजनामा सो कार्यशाला सुरु भएको हो ।

चैत्र ३ र ४ दुई दिन सञ्चालन हुने सो कार्यशाला स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. रोशन पोख्रेलले उद्घाटन गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै डा पोखरेलले सरकारी सेवामा बाल शल्य चिकित्सकको दरबन्दी  कम रहेकोले त्यसलाई बढाउने गृहकार्य अगाडि बढेको जानकारी दिए ।

हाल नेपाल सरकार अन्तर्गत जम्मा ५ वटा दरबन्दी रहेकोमा ४ जना मात्र पूरा भएको भन्दै नयाँ प्रस्तावित अस्पताल संरचनामा प्रदेश अस्पताल र २ सय बेड माथिको अस्पतालमा कम्तीमा एक दरबन्दी रहने व्यवस्था सिफारिस गरिएको बताए ।

कार्यशालामा अमेरिका, जापान, युके, भारत, बङ्गलादेश, पाकिस्तान, सिंगापुर, बेलायत र नेपालका गरी २०० बाल शल्य चिकित्सक उपस्थित रहेको कार्यशाला तयारी समितिका सचिव प्राध्यापक डाक्टर विजय थापाले जानकारी दिए ।

उनका अनुसार कार्यशालामा १ सय कार्यपत्र प्रस्तुत गरिन्छन् । जसमा ४० वटा नेपाली र ६० वटा विदेशी रहेका छन् । कार्यशालामा बाल शल्य चिकित्सक अध्ययन गरिरहेका चिकित्सकहरू पनि उपस्थिति छन् ।

नेपाल मेडिकल काउन्सिलमा ३० जना बाल शल्य चिकित्सक दर्ता रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ