२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचार नपाएर मिर्गौला पीडित कमानसिंहको निधन

उपचार नपाएर मिर्गौला पीडित कमानसिंहको निधन


जुम्ला – गुठीचौर गाउँपालिका– ३ गज्र्याङ्गकोट गाउँका ४० वर्षीय मिर्गौला पीडित कमानसिंह परियारको निधन भएको छ । उनको शुक्रबार निधन भएको हो ।

उनका २ वटै मिर्गौला फेल भएका थिए । पाँच महिनाअघि परिवारसहित रोजगारीका लागि छिमेकी मुलुक भारत गएका परियारका दुवै मिर्गौलाले काम गर्न छोडेका हुन् ।

भारतमै उपचार गराउन नसकेपछि मिर्गौला पीडित कमानसिंहको परिवार फागुन २५ गते जुम्ला आइपुगेका हुन् । २ छोरी, १ छोरा र श्रीमतीसहित जुम्ला पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए ।

उनले भने ‘आर्थिक अभावका कारण घरमै मिर्गौला पीडित परियार छटपटाएका छन् । भारतको हिमाचल प्रदेशको कटगाँउबाट आफ्नै जन्मभूमिमा मृत्युवरण गर्ने निधो गरी घर फर्केका हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ