२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतले १८ बालबालिकाको मृत्युसँग जोडिएको औषधि निर्माताको लाइसेन्स गर्‍यो खारेज

भारतले १८ बालबालिकाको मृत्युसँग जोडिएको औषधि निर्माताको लाइसेन्स गर्‍यो खारेज


भारतले एउटा फर्मको उत्पादन अनुमतिपत्र रद्द गरेको छ जसको कफ सिरप उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युसँग जोडिएको छ ।
डब्ल्यूएचओले जनवरीमा मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरपलाई गुणस्तरहीन भएको भन्दै यसको प्रयोग नगर्न चेतावनी दिएको थियो । मेरियनबायोटेकले भने आरोप अस्वीकार गर्दै आएको छ ।

उज्वेकिस्तानमा मृत्युको खबर आएपछि भारतको स्वास्थ्य मन्त्रालयले कम्पनीमा उत्पादन स्थगित गरेको थियो । बुधबार, उत्तर प्रदेश राज्यका अधिकारीहरूले – जहाँ मेरियन बायोटेक आधारित छ – भने कि उनीहरूले अब “स्थायी रूपमा“ कम्पनीको इजाजतपत्र रद्द गर्दैछन् ।

“नोएडा सहरमा रहेको फर्मले अब कुनै पनि उत्पादन गर्न सक्दैन,“ औषधि निरीक्षक वैभव बब्बरले हिन्दुस्तान टाइम्स अखबारलाई भने ।
मारियन बायोटेकले टिप्पणीको लागि बीबीसीको अनुरोधलाई प्रतिक्रिया दिएन । भारत जेनेरिक औषधिमा विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो, जसले विकासोन्मुख देशहरूको चिकित्सा आवश्यकताहरू पूरा गर्दछ ।

तर हालैका महिनाहरूमा, धेरै भारतीय फर्महरू तिनीहरूको औषधिको गुणस्तरको लागि छानबिनमा आएका छन्, विशेषज्ञहरूले यी औषधिहरू बनाउन प्रयोग गरिने निर्माण अभ्यासहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् । डिसेम्बरमा सरकारी प्रयोगशालाले गरेको परीक्षणमा फर्मको कफ सिरपका २२ वटा औषधिको नमूना “मिलावट र नक्कली“ भएको फेला परेपछि मेरियन बायोटेक विरुद्धको पछिल्लो कारबाही भएको हो ।

“मिसासवटपूर्ण र नक्कली औषधिहरूले जनतालाई गम्भीर चोट पु¥याउन सक्छ र सम्बन्धित सामग्री÷रेकर्डहरू नष्ट हुन सक्ने आशंका छ,“ भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सिडिएससिओ) का निरीक्षक आशीष कौंडलले आफ्नो उजुरीमा भनेका थिए ।
यस महिनाको सुरुमा, उत्तर प्रदेश प्रहरीले मिसावट उत्पादनहरू बेचेको आरोपमा कम्पनीका तीन कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो ।

बुधबार, उत्तर प्रदेशका ड्रग्स लाइसेन्सिंग अधिकारी एसके चौरसियाले मेरियन बायोटेकले उनीहरूलाई “सन्तोषजनक“ निष्कर्षको सम्बन्धमा जारी गरिएको सूचनाको जवाफ दिन असफल भएको जनाए ।

डब्ल्यूएचओले उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु फर्मको डोक–१ म्याक्स र एम्ब्रोनोल कफ सिरपसँग जोडेर विश्वव्यापी मेडिकल अलर्ट जारी गरेपछि भारतले मेरियन बायोटेक विरुद्ध अनुसन्धान सुरु गरेको थियो ।

स्वास्थ्य निकायले उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाहरूले गरेको विश्लेषणले औषधिहरूमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलको “अस्वीकार्य मात्रा“ फेला पारेको बताएको छ । यी पदार्थहरू मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।

जनवरीमा बीबीसीलाई इमेल गरिएको जवाफमा, मेरियन बायोटेकले भने कि यो डब्ल्यूएचओको निष्कर्षसँग “सहमत छैन“ र यसले भारत सरकारद्वारा भइरहेको अनुसन्धानमा सहयोग गरिरहेको छ । मेरियन बायोटेक आफ्नो कफ सिरपको कारण समस्यामा पर्ने पहिलो भारतीय औषधि निर्माता भने होइन ।

अक्टोबरमा, डब्ल्यूएचओले विश्वव्यापी चेतावनी दियो र मेडेन फार्मास्युटिकल्सले बनाएको चार कफ सिरपलाई गाम्बियामा मृगौलामा चोटपटक लागेका ६६ बालबालिकाको मृत्युसँग जोडेको थियो । भारत सरकार र कम्पनी मेडेन फार्मास्युटिकल्स दुवैले आरोप अस्वीकार गरेका छन् ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ