२०८३ साउन ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार

नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार


काठमाडौं—अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थ (एनआईएच) द्वारा आयोजित प्रतिष्ठित ‘एस—इन्डेक्स च्यालेन्ज’मा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीले दोस्रो स्थान हासिल गर्दै तीन लाख अमेरिकी डलर पुरस्कार जितेको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा अधिकारीले टोलीको ‘एआई लिड’का रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई) तथा कम्प्युटर भिजन प्रविधिको प्रयोग गरी जैव–चिकित्सा अनुसन्धानमा प्रयोग हुने जनावरहरूको व्यवहारलाई स्वचालित रूपमा ट्रयाक तथा विश्लेषण गर्ने सफ्टवेयर विकासमा योगदान दिएका छन् ।

एनआईएचको ‘एस—इन्डेक्स च्यालेन्ज’को उद्देश्य जैव–चिकित्सा अनुसन्धानमा प्रयोग हुने तथ्यांकलाई अझ प्रभावकारी रूपमा साझा, विश्लेषण र उपयोग गर्न सकिने प्रविधिको विकासलाई प्रोत्साहन गर्नु हो । यसका लागि विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रविधि विज्ञहरू सहभागी भएका थिए ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली अनुसन्धानकर्ता अधिकारीको संलग्नता र नेतृत्वले नेपालबाट विश्वस्तरीय एआई तथा बायोमेडिकल अनुसन्धानमा भइरहेको योगदानलाई समेत उजागर गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि उनले युरोपबाट कम्प्युटर भिजन एण्ड रोबटिक्स—भिबोटमा स्नातकोत्तर र पुनः हेल्थ एआईमा पनि स्नातकोत्तर गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ