२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमहिला स्वास्थ्य स्वयंसेविकालाई दुई दिने मोबाइल स्वास्थ्य तालिम 

महिला स्वास्थ्य स्वयंसेविकालाई दुई दिने मोबाइल स्वास्थ्य तालिम 


सुर्खेत – महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि दुई दिने मोबाइल स्वास्थ्य तालिम दिइएको छ ।  सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकालाई दुई दिने मोबाइल स्वास्थ्य तालिम सम्पन्न गरिएको हो ।

गर्भवती महिलाको स्वास्थ्य समस्या र बालबालिकाको अवस्था बुझ्न  मोबाइलले सहजीकरण गर्ने बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताए । ‘सेवा सुविधा कम भएकोले यसलाई थप्नु पर्नेमा आफू सकारात्मक भएको त्यसको सुरुवात आउने बित्तिकै मासिक एक हजार रुपैयाँसमेत बढाएर दिएको छ  ।’ उनले भने,‘दुर्गम क्षेत्रमा के भइरहेको छ त्यसको पहिचान गरेर योजना कार्यक्रममार्फत हल गर्ने तयारी रहेको छ ।’

आफ्नो जिम्मेवारी पुरा गर्न तिर लाग्नु पर्ने र कुरा काट्नेको पछाडि लागेर केही नहुने प्रमुख बुढाथोकीले बताए । ‘सकारात्मक सोचेर अगाडि बढ्नु पर्ने स्वास्थ्य शिक्षालाई प्राथमिकता राखेर अगाडि बढ्नु पर्छ ।’ उनले भने,‘विकास सोच्ने बित्तिकै नहुने र क्रमिक रूपमा विकास हुँदै जाने त्यो प्रक्रियामा हुन्छ ।’

सूचना आदानप्रदान गर्नमा सहज हुने भएको त्यसलाई कार्यान्वयन गर्न ११ न वडा अध्यक्ष वीरबहादुर बुढामगरले सबैलाई आग्रह गरे ।
गर्भवती खोजेर चेकजाँचको लागि थप सहयोग गर्ने सम्बन्ध बढ्ने र गर्भवती महिला चेकजाँच गर्न स्वयंसेविकाले पठाउन सहयोग गर्न स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘११ देखि ५५ वर्षको महिला मृत्यु र ५ वर्ष मुनीका बालबालिका मृत्यु भएको जानकारी गराउन सहयोग पुग्ने मोबाइल स्वास्थ्य दुई दिने तालिम विद्युतीय प्रविधिको प्रयोग गरेर काम गर्न गर्भवतीलाई भेटेर मोबाइलबाट नै सूचना चेकजाँच गरेर दैनिक मोबाइल जानकारी दिनुपर्नेछ ’ उनले भने ।

उनले भने, ‘८ पटक स्वास्थ्यमा गर्भवती चेकजाँच गराउन सहयोग पुग्ने स्वास्थ्य चौकीमा सुत्केरी हुन सहयोग गर्ने त्यसको तथ्याङ्क राख्न सहयोग हुने समेत हुने गर्भवती महिलानिर स्वास्थ्य चौकीको बारेमा सुमधुर सम्बन्ध हुनेछ ।’

यस भित्र नयाँ व्यक्ति दर्ता गर्ने गर्भवती जाँच प्रतिवेदन, खतराको चिन्ह  जन्म अवस्थाको अवस्था कहाँ कुन ठाउँमा जन्मेको त्यो पता लगाउन सुत्केरी पछि आमा र नवजात शिशुको जाँच लगायतका मोबाइल म्यासेज बाट जानकारी दिने गरिएको छ । यसको मातृ तथा बाल मृत्युदर घटना यो प्रविधि ल्याएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ