२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पताल प्रशासनसँग ६ बुँदे सहमतिपछि कर्मचारीको आन्दोलन फिर्ता

सिभिल अस्पताल प्रशासनसँग ६ बुँदे सहमतिपछि कर्मचारीको आन्दोलन फिर्ता


काठमाडौं—सिभिलमा कर्मचारी स्थायी प्रक्रियालगायतका विषयमा विरोध जनाएर आन्दोलन गरिरहेका अस्थायी कर्मचारी र अस्पताल प्रशासनबीच ६ बुँदे सहमति भएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधीको उपस्थितीमा अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेल र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो ।

उक्त सहमतिपछि अस्पतालमा भइरहेको अनशन, तालाबन्दी, व्यानरलगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

सहमतिअनुसार अब निजामती कर्मचारी (कर्मचारीको सेवाका शर्त र सुविधा) विनियमावली र अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा संशोधन र परिमार्जन गरेर १ महिनाभित्र प्रतिवेदन पेश गर्ने र उक्त काममा चिकित्सक, कर्मचारी युनियनको प्रतिनिधित्व गराउने, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधी बमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुने समेत) चिकित्सक तथा कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेश गर्नेछ ।

यसैगरी, अस्पतालको समग्र गुणस्तरका लागि सरोकारवाला सम्मिलित क्वालिटी साइकल बनाई कार्यन्वयन गर्ने, ज्यालादारी र सेसनमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेर करार कार्यविधी, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति अस्पताल र कर्मचारी युनियनबीच भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ