२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ दिनमा थपिए ३४ कोभिड–१९ संक्रमित

६ दिनमा थपिए ३४ कोभिड–१९ संक्रमित


काठमाडौं – नेपालमा गत ६ दिनमा थप ३४ जनामा कोभिड संक्रमण भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ दिनमा थप ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६५ रहेको छ ।

हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या १०३ जना पुगेको छ । पछिल्ला केही दिनयता नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढ्दैं गएको छ ।

कोभिड—१९ महामारी कम भएसँगै पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना रोकिएको छ । मानिसहरु मास्क नलगाएर भिडभाड र जमघट गरिरहेका छन् । जसका कारण संक्रमण अझ बढ्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ