२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत पक्का

स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत पक्का


काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व मोहनबहादुर बस्नेतले सम्हाल्ने भएका छन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधीसभामा निर्वाचित बस्नेतलाई स्वास्थ्यको जिम्मेवारी दिएर सरकारमा पठाउने निर्णय गरेका हुन् ।

कांग्रेस निकट स्रोतका अनुसार बस्नेतले स्वास्थ्य मन्त्रालय पाउने पक्का भएको छ । ‘स्वास्थ्य मन्त्रीमा मोहनबहादुर बस्नेतलाई पठाउने टुङ्गो लागेको छ’ देउवा निकट स्रोतले हेल्थआवाजसँग भन्यो, ‘२ जना मन्त्रीको जिम्मेवारी टुंगो लाग्न बाँकी छ । अरु कांग्रेसबाट सरकारमा सहभागी हुने सबैको जिम्मेवारी टुङ्गो लागेको छ ।’

पार्टी उपसभापति पूर्ण बहादुर खड्का र रमेश रिजालको जिम्मेवारी टुंगो लागिनसकेको स्रोतको भनाइ छ ।

बस्नेतले पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए । उनी सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धनका दलहरुसँग अझै छलफलमा रहेकाले सामान्य जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ । ‘हामीले जिम्मेवारी पक्का गरेर नाम टुंगो लगाइसकेकाले धेरै परिवर्तन नहोला्,’ देउवानिकट एक नेताले भने, ‘लगभग यही नै पक्का हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ