२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन महिनापछि कोभिड–१९ संक्रमणका कारण १ को मृत्यु

तीन महिनापछि कोभिड–१९ संक्रमणका कारण १ को मृत्यु


काठमाडौं –पछिल्लो तीन महिनामा पहिलोपटक १ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको हो ।

आज नेपालमा थप १ सय ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ४८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । मंगलबारसम्म नेपालमा ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ