२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज थप १ सय २१ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु

आज थप १ सय २१ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु


काठमाडौं – आज नेपालमा थप १ सय २१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने १ को मृत्यु भएको छ ।

पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । बुधबारसम्म नेपालमा ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ