२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज थप १०४ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु

आज थप १०४ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु


काठमाडौं-नेपालमा थप १०४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२ हजार ३७ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ८३९ पुगेको छ ।

नेपालमा सोमबारसम्म ३७९ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ