२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदैछ । मंगलबार स्वास्थ्यमा समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार श्री एयरलाइन्समार्फत नयाँदिल्लीको एम्स अस्पतालमा उपचार गर्न लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा इन्फेक्सन, पेटमा समस्या देखिएको र त्यो नघटेकाले उनलाई थप उपचारका लागि भारत लैजान लागिएको जनाइएको छ ।

चैत १८ गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पौडेललाई ५ दिन अस्पतालमा भर्ना गरिएको थियो ।

तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो । स्वास्थ्यमा केही सुधार नदेखिएकाले चिकित्सकहरुले पौडेलको थप उपचार भारतमा गर्न सल्लाह दिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ