२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसमयमा खरिद नगर्दा म्याद ग्रुजिएर खेर गयो निःशुल्क बाँडिने सेनीटरी प्याड

समयमा खरिद नगर्दा म्याद ग्रुजिएर खेर गयो निःशुल्क बाँडिने सेनीटरी प्याड


जुम्ला- नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारी हुने उमेर समूहका छात्रालाई सरसफाइका लागि निःशुल्क वितरण गर्ने व्यवस्था रहेको छ । स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाले खरिद गरी विद्यालयमा उपलब्ध गराउने र विद्यालयले छात्रालाई वितरण गर्ने व्यवस्था रहेको छ ।

चन्दननाथ नगरपालिकाले रारा प्रोडक्सन एण्ड प्याकेजिङ उद्योगसँग सोझै १० लाख ९६ हजार ९३७ रुपियाँ (भ्याटसमेत) बराबर १४ हजार ६२४ प्याकेट सेनीटरी प्याड खरिद भएको छ ।

वार्षिक रूपमा प्रयोगमा ल्याउने गरी खरिद तथा वितरण गर्नुपर्ने स्वास्थ्य सामग्री (सेनीटरी प्याड) आर्थिक वर्षको अन्तिम महिनामा खरिद गरिएको तर लेखा परीक्षण समयसम्म पनि कार्यालयमा मौज्दात रहेकोले विद्यार्थीले आवश्यकता अनुरूप प्रयोग गर्न नपाउने स्थिति देखियो ।

यस्ता सामग्री शैक्षिक सत्र हुँदाको समयमा खरिद गरी उपयोग हुनुपर्ने महालेखा परीक्षकले औँल्याएको छ । यस्तै अर्को खर्च असम्बन्धित शीर्षकबाट पनि ८ लाख ८९ हजार बराबरको सेनीटरी प्याड खरिद गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गुठीचौर गाउँपालिकाले रारा प्रोडक्सन एण्ड प्याकेजिङ उद्योगसँग दरभाउ पत्र माग गरी ६ हजार २२५ प्याकेट सेनीटरी प्याड खरिद गरी ४ लाख ९९ हजार ४३१ रुपियाँ (भ्याट समेत) भुक्तानी भएको छ । वार्षिक रूपमा प्रयोगमा ल्याउने गरी खरिद एवम् वितरण गर्नुपर्ने उक्त स्वास्थ्य सामग्री आर्थिक वर्षको अन्तिम महिनामा खरिद गर्दा विद्यार्थीले आवश्यकता अनुरूप प्रयोग गर्न नपाउने स्थिति देखियो । यस्ता सामग्री शैक्षिक सत्र हुँदाको समयमा खरिद गरी उपयोगी हुनु पर्दछ ।

हिमा गाउँपालिकामा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३ (क) मा खरिद आवश्यकताको पहिचान गरेर मात्र खरिद गर्न सकिने व्यवस्था छ । पालिकाले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनीटरी प्याड वितरण गर्नका लागि आर्थिक वर्षको अन्त्य कोभिडको कारण विद्यालय बन्द भएको अवस्थामा ९ लाख ३२ हजार ३५ रुपियाँको १२ हजार ४३७ प्याकेट सेनीटरी प्याड खरिद गरी मौज्दात राखेको देखियो । यसरी आवश्यकताको पहिचान नगरी सामान किनेर मौज्दात राख्दा उक्त सामान उपभोग गर्ने अवधि सकिएर नष्ट गर्नुपर्ने सम्भावना रहन्छ । उक्त सेनीटरी प्याड वितरण गर्नुपर्ने मिलाउनुको साथै खरिद आवश्यकताको पहिचान गरेर मात्र खरिद गर्न महालेखाले निर्देशन गरेको छ ।

तिला गाउँपालिकाले मन्सिन सर्जिकल सप्लार्यसँग शिलवन्दी दरभाउ पत्र माध्यमबाट १७ हजार २०७ प्याकेट सेनीटरी प्याड खरिदको लागि १७ लाख ५० हजार (भ्याट समेत) को सम्झौता भएकोमा १५ लाख २३ हजार भुक्तानी भएको छ । वार्षिक रूपमा प्रयोगमा ल्याउने गरी खरिद एवम् वितरण गर्नुपर्ने स्वास्थ्य सामग्री आर्थिक वर्षको अन्तिम महिनामा खरिद गर्दा विद्यार्थीले आवश्यकता अनुरूप प्रयोग गर्न नपाउने स्थिति देखियो । यस्ता सामग्री शैक्षिक सत्र हुँदा समयमा खरिद गर्न उपयोगी हुने महालेखाले औँल्याएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ