२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्रोतसाधन व्यवस्थापन गरिने छ : प्रधानमन्त्री 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्रोतसाधन व्यवस्थापन गरिने छ : प्रधानमन्त्री 


जुम्ला – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आवश्यक पर्ने श्रोत साधन व्यवस्थापन गर्ने बचन बद्धता गरेका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, सांसद  कान्तिका सेजुवाल, रजिष्टार निपेन्द्र महत, बरिष्ठ पत्रकार मनऋषि धितालसहितको टोलीले कुलपति प्रधानमन्त्री दाहालसँग प्रतिष्ठानका विविध विषयमा छलफल गरेको हो ।

प्रतिष्ठानका रजिष्टार महतका अनुसार प्रतिष्ठानका राकम कर्णाली, चेरेचौरमा भौतिक संरचना निर्माण र चालु पुँजीगत बजेटका विषयमा छलफल भएको हो । उनले भने यस विषयमा प्रधानमन्त्रीले स्रोत साधनको व्यवस्थापन गर्ने बचन दिनु भएको छ ।

प्रतिष्ठानमा भौतिक संरचना अभाव कारण ११ वटा घर भाडा छन् । विद्यार्थी होस्टेल, प्रयोगशाला, चिकित्सक प्राध्यापक बस्ने घर भाडामा लिनु परेको हो । प्रतिष्ठानमा एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्ययन भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ