२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन

नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन


काठमाडौं—नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन भएको छ । ८ र ९ बैशाखमा पार्क भिलेज रिसोर्टमा सम्पन्न समाजको १७ औं वार्षिक गोष्ठीले डा. सरस्वती न्यौपाने शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा इमिडियट पाष्ट प्रेसिडेन्ट प्रा.डा. सविना भट्टराई र प्रधान सम्पादक डा. दीपतारा पाठक थापा चयन भएका छन् ।

समितिको उपाध्यक्षमा डा. महिमा सिंह चयन भएकी छन् । यसैगरी, महासचिवमा डा. निरज पराजुली कोषाध्यक्षमा डा. रमेश शर्मा र सहसचिवमा मोहन भुषाल चयन भए ।

सदस्यहरुमा डा. अदिती मिश्र, डा. रवीन्द्र बाँस्कोटा, डा. सुचना मरहठ्ठा, डा. सुवास बराल चयन भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ