२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा अधिकांश ठाउँमा खानेपानी मुहान सुक्दा खानेपानीको अभाव 

सल्यानमा अधिकांश ठाउँमा खानेपानी मुहान सुक्दा खानेपानीको अभाव 


सुर्खेत – सल्यान जिल्लामा गर्मी याम सुरु भएसँगै अधिकांश स्थानमा पानीका मुहान सुक्दै गएका छन् । पानीको मुहान सुक्दा खानेपानीको समस्या हुन थालेको हो ।

पानीका मुहान सुक्दै जानु र निर्माण भएका लिफ्ट योजनाहरू अलपत्र पर्दा जिल्लाका अधिकांश स्थानीय अड्कली अड्कली तिर्खा मेटाउन बाध्य हुने गरेका हुन् ।

एक गाग्री पानीका लागि डेढ घण्टाभन्दा बढी समय हिँड्नु पर्ने बाध्यता रहेको वनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका धनकुमारी खत्रीको बताइन् । ‘१४ वर्ष अघि निर्माण भएको लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रिएपछि चार वर्षदेखि खानेपानीको लागी सास्ती  भएको छ,’ उनले भनिन्,‘सोलरबाट गाउँमा पानी आएपछि खानेपानी अभावका हुने दिन गए सोचेको तर, त्यो खुसी धेरै वर्ष टिकेन ।’

पानीको अभाव हुँदा बस्तुभाउ तथा सरसफाइभन्दा पनि परिवारलाई समेत पानी अड्कलेर दिनु पर्ने बाध्यता रहेको स्थानीय रामकुमारी शाहीले बताइन् । ‘माझ खर्क गाउँका ५३ र चौर गाउँका गरी ११० भन्दा बढी घरपरिवारले खानेपानीको समस्या भोग्दै आइरहेका छौं,’उनले भनिन्,‘खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेका छन् ।’

सल्यान कालीमाटी गाउँपालिकाको कोछट्टे, सुनटाकुरालगाएतका क्षेत्रमा खानेपानीको हाहाकार हुने गरेको छ । वर्षाको समयमा रसाउने मुहानहरू सक्न थालेपछि घण्टौँ लगाएर पानी ल्याउनु पर्ने बाध्यता रहेको कालीमाटी गाउँपालिका–२ की मोहना बुढाले बताइन् ।
शारदा नगरपालिका–१४ र १५ वडालाई लक्षित गरी निर्माण सुरु गरिएको बृहत् लिफ्ट खानेपानी योजना ढिलाइ हुँदा दुई वडाका ७ सय बढी घरपरिवार खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

योजना सम्पन्न नहुँदा एक घण्टा टाढाबाट पानी बोक्नु पर्ने बाध्यता रहेको कमला वि.कले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ