२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजनशक्तिको अभावमा सरुवा रोग अस्पतालको गोदाममै थन्किए भेन्टिलेटर

जनशक्तिको अभावमा सरुवा रोग अस्पतालको गोदाममै थन्किए भेन्टिलेटर

आईसीयु बेड पनि प्रयोगबिहीन


वीरेन्द्रनगर—सरुवा रोग अस्पताल कालिकोटमा विशेषज्ञ जनशक्तिको अभावमा आधुनिक स्वास्थ्य उपकरण गोदाममै थन्किएका छन् । २१ जनाको दरबन्दी रहेको प्रदेशको एकमात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्तिको अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै भेन्टिलेटर थन्किएका हुन् ।

कोरोनाकालका बेला महंगोे मुल्यमा खरिद गरिएका तीमध्ये केही सामाग्री सहयोगमार्फत दुर्गम कालिकोटले पाएका उपकरणहरु पनि छन् । यी उपकरणहरु जनशक्तिको अभावमा अस्पतालमै थन्किनु परेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

३ जना मेडिकल अफिसरसँगै २१ जनाको दरबन्दी रहेको सरुवा रोग अस्पतालमा अहिले ३ जनाले धानिरहेको निमित्त Þस्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए । ‘कोभिड—१९ को बेला खरिद गरिएका उपकरणहरुले धेरैको ज्यान त बचायो । तर, अहिले जनशक्ति र बिरामी नहुँदा थन्काउनु परेको हो,’ उनले भने,‘सरुवा रोग अस्पताल स्थापना गर्न पुग्यौ । तर, अहिले जनशक्ति छैन ।’

कोभिड—१९ महामारीमा कोभिड अस्पतालका लागी प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको थियो । त्यसैलाई ५० शैय्याको सरुवा रोग अस्पताल बनाइएको अस्पतालका प्रमुख हंसराज बमले बताए । ‘आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन्,’ उनले भने, ‘सरुवा रोग अस्पतालमा ८ थान आईसीयु उपकरण र केही थान भेन्टिलेटर उपकरण प्रयोगबिहिन अवस्थामा छन् ।’

अस्पतालको आईसीयु पनि संचालनमा आउन सकेको छैन । जसका कारण आईसीयुका उपकरण पनि थन्किएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ