२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन

हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन


वीरेन्द्रनगर—हुम्ला जिल्लाको दुर्गम वस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षण देखिएका १२ जना बिरामीको औलो रोगको नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाबाट मासपुर पुगेको स्वास्थ्यकर्मीको टोलीले औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि नमुना संकलन गरेको हो ।

गाउँमा स्वास्थ्य परीक्षण गर्दा औलो रोगसम्म मिल्ने लक्षणका बिरामी देखिएपछि नमुना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । ‘सम्भावित औलो रोग हुन सक्ने देखिएपछि नमुना संललन गर्ने कार्य भएको छ,’ उनले भने, ‘ल्याब परीक्षण गरेपछि रोग पत्ता लाग्नेछ ।’

हुम्ला हिमाली जिल्ला हो । तर, हुम्लाको ताँजाकोट गाउँपालिकामा वर्षेनी औलोका बिरामी देखा पर्दै आएका छन् । १५६ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा १२ जनामा औलोको नमुना लिइएको हो ।

स्वास्थ्य शाखाले औषधि छर्कने र झुल वितरण गर्ने काम गर्दै आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ