२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन भारत तयार

जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन भारत तयार


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा क्रममा जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन भारतले ग्रीन सिंग्नल दिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्याको बनाउनका लागि आवश्यक प्राविधिक काम सकेर प्रस्ताव गरेमा भारत यसलाई अगाडि बढाउन सहमत भएको हो ।

परराष्ट्रको दक्षिण एसियाका महाशाखाका प्रमुख सहसचिव रामप्रसाद सुवेदीकाअनुसार भ्रमणका क्रममा जिपी कोइरालाको विषय उठेको थियो । ‘जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँलाई १०० शैय्याको बनाउने कुरा चाडैं टुग्याउने गरी कुराकानी भएको छ,’ सुवेदीले भने, ‘यो कुरा प्राथमिकताका साथ उठेको थियो । आवश्यक डिपीआर बनाएपछि काम अगाडि बढ्छ ।’

स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका क्रममा विभिन्न चार वटा एजेण्डा अगाडि सारेको थियो । जसमा जिपी १०० शैय्यासहित विपी कोइराला मेमोरियल अस्पतालको फ्याकल्टी एक्सचेन्ज निरन्तरता, भारत र नेपाल दुवै साइडमा हेल्थ डेक्स स्थापना र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय सहयोग जुटाउने औपचारिक प्रस्ताव राख्ने उल्लेख थियो ।

डा. आचार्यको विषयमा कुटनीतिक तवरमा नेपालले लबिइङ गरेपनि अन्य विषयमा खासै प्रगति नभएको बताइएको छ । प्रधानमन्त्री दाहाल १७ जेठदेखि चार दिन लामो भारत भ्रमणबाट शनिबार स्वेदश फर्किएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ