२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको विवरण

पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको विवरण


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा पाँचौ पटक कर्मचारी विवरण माग गर्दा पनि अधिकांश कार्यलयले अटेर गरेका छन् । पछिल्लोपटक ६ जेठमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलनमा मन्त्रालय मातहतका निकायमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण ७ दिन भित्र अपडेट गरिसक्ने बताएका थिए ।

विगतका अन्य मन्त्रीझै उनको पनि स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको विवरण अपडेट गफमै सिमित भएको छ । जेनेभा उड्ने अघिल्लो दिनको पत्रकार सम्मेलनमा उनले ७ दिनभित्र सबै कर्मचारीको विवरण अपडेट गर्ने भनेपछि हेल्थआवाजले ‘यसै वर्ष ४ पटक पत्राचार गर्दा पनि विवरण नदिएका निकायले एक हप्तामा तपाईंलाई विवरण देलान् ?’ भनेर प्रश्न गरेको थियो ।

उत्तरमा मन्त्री बस्नेतले आफू अरुजस्तो नभएको र बोलेपछि काम गरी छाड्ने भएको हुँदा शंका नगर्न आग्रह गरेका थिए । मन्त्री बस्नेत विदेश उडेको चार दिनपछि १० जेठमा मन्त्रालयले मातहतका २९ निकायमा पत्राचार गरी तीन दिनभित्र सम्पूर्ण कार्यरत कर्मचारीको विवरण पठाउन भनेको थियो ।

पत्राचार गरेको १६ दिनमा १३ वटा निकायले मात्र विवरण पठाएका छन् । जसमा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल, परोपकार प्रसुति गृह थापाथली, कान्ति बाल अस्पताल, औषधि व्यवस्था विभाग, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, औषधि व्यवस्था कार्यालय विराटनगर, वीर अस्पताल, नरदेवी औषधालय, मानसिक अस्पताल, औषधि व्यवस्था कार्यलय बाँके रहेका छन् ।

अन्य विभाग मातहतका निकायहरु र केही अस्पतालहरुले भने अझै विवरण बुझाएका छैनन् । स्वास्थ्यअन्तर्गतका निकायका कर्मचारीहरुको निश्चित विवरण वर्षौदेखि मन्त्रालयले राख्न सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ