२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘एमपक्स रोगसँग मिल्दा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स रोगसँग मिल्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको छ । नेपालमा एक जना विदेशी महिलामा एमपक्स रोग पुष्टि भएपछि मन्त्रालयले एमपक्ससँग मिल्दा लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको हो ।

मन्त्रालयले एमपक्ससँग मिल्ने लक्षण देखिएमा मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरेर परामर्श लिन सक्ने जनाएको छ ।

नेपालमा पहिलो पटक देखिएको उमपक्स ११२ देशमा पुष्टि भइसकेको छ । एमपक्स हुँदा ज्वरो आउने, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्ने, डाबर परिवर्तन हुँदै फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, डाढ र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्नेजस्ता लक्षण देखिन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ