२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. मिङमार शेर्पालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. मिङमार शेर्पालाई


काठमाडौं—यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा. मिङ्मार शेर्पालाई दिइने भएको छ । मंगलबार पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. शेर्पालाई दिने निर्णय गरेको हो ।

मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन् । उनको योगदान सोलुखुम्बमा स्वास्थ्य प्राविधिक शिक्षा पु¥याउनमा पनि रहेको छ ।

पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । डा. शेर्पा अहिले सोलुखुम्बमा रहेर ग्रामीण स्वास्थ्य सेवामा सक्रिय रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ