२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशईआईए प्रतिवेदन : ‘सुर्खेत मेडिकल कलेज’को अनुमानित लागत १ अर्ब ७० करोड रुपैयाँ

ईआईए प्रतिवेदन : ‘सुर्खेत मेडिकल कलेज’को अनुमानित लागत १ अर्ब ७० करोड रुपैयाँ

६ सय शैय्यासहित वार्षिक १०० जना विद्यार्थी क्षमता रहने


वीरेन्द्रनगर— ६०० शैय्या अस्पतालसहितको सुर्खेत मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रक्रिया सुझाव माग गरिएको । मन्त्रालयले सात दिने सार्वजनिक सूचना निकालेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए लिखित राय र सुझाव पेस गर्न आग्रह गरेको हो ।

६ सय शैय्यासहित वार्षिक १०० जना विद्यार्थी क्षमता रहने मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रुपियाँ हुने अनुमान ईआई प्रतिवेदनमा गरिएको छ । सुरुमा ८ वटा संकाय रहने मेडिकल कलेज ९५ हजार १६० वर्ग किलोमिटरमा क्षेत्रफलमा बन्नेछ ।

एनोटोमी, फिजियोलोजी, बायोकेमेष्ट्री, प्याथोलोजी, माइक्रोबायोलोजी, फर्माकोलोजी, फरेन्सिक मेडिकल इनकुलुडिङ टेक्सोलोजी एण्ड कम्युनिटी मेडिसिन विभाग रहनेछन् । मेडिकल कलेज संचालनमा आउँदा करिब ३ सय ८० जना प्राविधिक र १२० जना गैरप्राविधिक जनशक्ति आवश्यक पर्ने प्रतिवेदनमा छन् ।

इआईए स्वीकृत भएपछि भौतिक पूर्वाधार निर्माणको डिपीआरको काम अघि बढाइनेछ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले बैशाख दोस्रो साता कलेज निर्माणका लागि आवश्यक इआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो ।

सुर्खेत मेडिकल कलेज बन्ने स्थान

मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर बुधबार उक्त प्रतिवेदनमाथि राय तथा सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । मेडिकल कलेज निर्माण आयोजनाले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो ।

कलेज निर्माणका लागि आयोजनाले इआईए प्रतिवेदन तयार गर्न २०७६ जेठ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति पाएको थियो ।

सोही अनुसार कलेज निर्माणका लागि आयोजनाले झन्डै पाँच वर्ष लगाएर इआईए प्रतिवेदन तयार पारेको छ । प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ मा निर्माण हुने छ ।

मेडिकल कलेजमा ३ ब्लक हस्पिटल, १ ब्लक एटेन्डेन्स होस्टेल, प्रि क्लिनिकल ब्लक १, सिनियर रेजिडेन्ट होस्टेल, जुनियर रेजिडेन्ट होस्टल २ ब्लक, एस्सिटेन्ट प्रोफेसर क्वार्टर २ ब्लक, एशोसियट प्रोफेसर र प्रोफेसर क्वार्टर ४/४ ब्लक, स्टाफ क्वार्टर टाइप वान ३ ब्लक, स्टाफ क्वार्टर टाइप टु ४ ब्लक, स्टाफ क्वार्टर टाइप थ्री ४ ब्लक, गल्र्स होस्टेल १ ब्लक, एडमिनिष्ट्रेशन २ ब्लक, ब्वाइज होस्टेल, नर्स होस्टेल १/१ ब्लक, गेष्ट हाउस, इलेक्ट्रीकल ब्लक, लाइबेरी, क्याफटेरियालगायतका ब्लकहरु निर्माण हुने इआईए प्रतिवेदनमा छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ