२०८२ पुस २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकार्यकारी निर्देशकलाई मन्त्रालय तानेर निमित्तलाई भक्तपुर क्यान्सर अस्पतालको जिम्मा

कार्यकारी निर्देशकलाई मन्त्रालय तानेर निमित्तलाई भक्तपुर क्यान्सर अस्पतालको जिम्मा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक फेर्ने विवादास्पद निर्णय गरेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले भक्तपुर क्यान्सरका कार्यकारी निर्देशकलाई मन्त्रालय तानेर निमित्त कार्यकारी निर्देशकलाई अस्पताल प्रमुख बनाएका छन् ।

प्रा.डा. विष्णुदत्त पौडेल भक्तपुर अस्पतालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल झण्डै डेढ वर्ष बाँकी छदैं मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकका रुपमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेका हुन् ।

डा. पौडेल वि.सं. २०७७ मंसिरमा भक्तपुर अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

वि.सं. २०७७ मै सरकारले भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारको संघीय अस्पतालका रुपमा संचालन गर्ने निर्णय गरेर आफू मातहत ल्याएको थियो । त्यसअघि भक्तपुर क्यान्सर अस्पताल गैरसकारी संस्था नेपाल अर्वुद रोग निवारण संस्थाले संचालन गर्दै आएको थियो ।

उक्त संस्थाको व्यवस्थापन र वैधानिकतामाथि प्रश्न उठेपछि सरकारले भक्तपुर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत गरेर आफू मातहत ल्याएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ