२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरक्तचाप कारण र नियन्त्रणका उपाय

रक्तचाप कारण र नियन्त्रणका उपाय


उच्च रक्तचापलाई हाई ब्लडप्रेसर वा हाइपरटेन्सन पनि भनिन्छ । यस स्वास्थ्य समस्याकोबारे सम्भवतः कमभन्दा कम मानिस अनविज्ञ छन् । सन् १७३३ मा स्टेफन हलेसले यसको पहिलो मापन गरेका थिएँ । त्यसैगरी सन् २००५ मे १४ वर्ल्ड  हाइपरटेन्सन लिग स्थापना भई सोही संस्थाले सन् २००६ मे १७ तारिकदेखि प्रत्येक वर्ष हाइपरटेन्सन डे मनाउँदै आएको छ ।

सामान्तयाः मानव शरीरमा असंख्य रक्तनलीहरु नेटवर्किङ भई शरीरभरी फैलिएको हुन्छ रक्तनलीमा लगातार रगत बगिरहेको हुन्छ । यही क्रममा रगतले रक्तनलीहरु विरुद्ध प्रेसर दिने कार्य नै रक्तचाप हो । रक्तचापलाई दुई नम्बरमा विभाजन गरी लेखिन्छ । पहिलो माथिको (सिस्टोलिक) र दोस्रो तलको डाइस्टोलिक । मानिसको नर्मल ब्लड प्रेसर १२०/८० एमएमएचजी हो । विभिन्न कारणले गर्दा यो नर्मल लेभलभन्दा बढी भएमा हाई ब्लडप्रेसर भनिन्छ ।

अमेरिकन सोसाइटी अफ हाइपरटेन्सन र इन्टरनेशनल सोसाइटी अफ हाइपरटेन्सनकाअनुसार एकदेखि चार हप्ताको अन्तरालमा कुनै पनि स्वास्थ्यकर्मीले दुई वा दुई पटकभन्दा बढी मापन गर्दा सिस्टोलिक प्रेसर १४० भन्दा बढी र डाइस्टोलिक प्रेसर ९० भन्दा बढी आउँछ भने हाइपरटेन्सन भनिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङअनुसार विश्वमा १.१३ विलियन मानिसहरु उच्च रक्तचाप समस्याबाट प्रभावित छन् साथै समय पूर्व मृत्यु हुने मुख्य कारणहरुमध्ये उच्च रक्तचाप पनि एउटा कारण हो । यस समस्याबाट निम्न तथा मध्यम वर्गका आयस्रोत भएका राष्ट्रहरुमा यसको दर उच्च छ । साथै महिलाको दाजोमा पुरुष बढी प्रभावित पनि देखिन्छ । यसैगरी, नेपाल डेमोग्राफिक हेल्थ सर्र्भे—२०१६ काअनुसार ५५ देखि ५९ उमेर समुहमा ३२ प्रतिशत महिला तथा ३६ प्रतिशत पुरुष रहेको देखिन्छ भन्ने बढ्दो उमेरसँगै यसको जोखिम उच्च रहेको पाइएको छ । रक्त्तचापको जोखिम कारणहरुलाई दुई वर्गमा विभाजन गरिएको छ ।

पहिलोः परिवर्तन गर्न सक्ने

  •  धैरे तनाव लिएमा
  •  मोटोपन
  • चिल्लो पदार्थ सेवन बढी गरेमा
  • धुम्रपान तथा मधपान सेवन गरेमा
  • दैनिक शारीरिक व्यायामको कमी
  • रेशादार तथा सन्तुलित भोजनको कमी
  • नुनको प्रयोग बढी
  • रगतमा बोसो पदार्थको मात्रा बढी हुनु (कोलेस्ट्रोल)

दोस्रो : परिवर्तन गर्न नसकिने

  • वंशानुगत
  • उमेर समूह
  • लिङ (पुरुष)

वृद्धा अवस्थामाथि उल्लेखित कुनैपनि जोखिम कारणहरुले रक्तनली साँधुरिन्छ र रगतले बढी मात्रामा रक्तनली विरुद्ध प्रेसर दिन्छ । यसैगरी रक्तनली साँधुरिदा रक्त प्रवाहमा ह्रास आउँछ । फलस्वरुप शरीरको प्रणालीमा असर पर्ने गर्दछ र समस्या उत्पन्न हुन्छ । विश्व स्वास्थ संगठनले पनि रक्तचापलाई गम्भीर स्वास्थ्य समस्या मानेको छ । जसले गर्दा मानवको मुटु, मस्तिष्क, मिर्गौला साथै अरु समस्या हुने भनेको छ । कहिलेकाही लक्षण बिना रक्त्तचाप हुने भएको हुँदा यसलाई ‘साइलेल्ट किलर डिजिज’ पनि भनिन्छ ।

हाइपरटेन्सनका मुख्य लक्षणहरु

  • मुटुको धडकन बढनु
  • रिंगटा लाग्नु
  • बिहानीपख टाउको दुख्नु
  • बारम्बार थकान महसुस हुनु
  • धमिलो देख्नु
  • बढी मात्रामा पसिना आउनु
  • नाकबाट रगत आउनु

यो एउटा केही हदसम्म रोकथाम गर्ने सकिने र नसर्ने स्वास्थ समस्या भएको हुनाले समयमा रोकथामका उपायहरु अपनाएर यसबाट बच्न सकिन्छ । यसको रोकथामका निम्ती सर्वप्रथम जनसमुदायमा यो समस्याबारे जागरुक बनाउन जरुरी छ । जसले गर्दा मानवीय शरीरमा उत्पन हुने जटिलता जुन हृद्धयघात, मिर्गौलाको समस्या, मस्तिष्कघातदेखि समय पूर्व हुने मृत्यलाई समेत रोक्न सकिन्छ ।

बढदो आधुनिकरण, सहरीकरण, विलासिताकाबीच उच्च रक्तचाप रोक्थामका लागि मानिसले आफ्नो जीवनशैलीलाई परिर्वतन गर्नु आजको आवश्यकता रहेको छ । ‘स्वस्थ शरीर, स्वस्थ जीवन’ भएको हुँदा मानिसले दैनिक गर्ने क्रियाकलपहरुमा उचित ध्यान दिनु आवश्यक छ । जीवनशैलीको कुनै मुल्य नहुने भएको हुँदा मानवले आफ्नो जीवनशैलीलाई परिर्वतन गर्ने आत्मविश्वासले आर्जन गर्न सकिन्छ ।

उच्च रक्तचापको जोखिम कसरी कम गर्ने ?

  • स्वस्थ खाना खाने
  • बाहिरी जंक फुड खाने कुरा नखाने
  • पानी प्रशस्त पिउने
  • धुम्रपान तथा मधपान नगर्ने
  • तनावमुक्त रहन योगा, ध्यान गर्ने
  • रेशादार तथा सन्तुलित खाना खाने
  • मोटोपन कम गर्न दैनिक व्यायाम गर्ने
  • चिल्लो तथा बोसो पदार्थ कम खाने
  • बढी मात्रामा नुन नखाने (दैनिक ५ ग्रामभन्दा कम सेवन गर्ने)
  • वंशानुगत भएमा समय—समयमा चेकअप गराउने

यस्ता उपायहरुले उच्च रक्तचापको समस्याबाट हुन सक्ने खतराबाट बच्न सकिन्छ । नेशनल काउन्सिल अफ एजिङ—२०१७ का अनुसार वृद्ध अवस्थामा हुने दीर्घ रोगहरुमध्ये सबैभन्दा बढी (५८ प्रतिशत) उच्च रक्तचाप देखाएको छ ।

त्यसैले बढदो उमेर वा वृद्धअवस्था र पुरुषमा अझ बढी जोखिम हुने भएकाले चाहँदाचाहँदै पनि कहिलेकाहीँ रोक्न नसकिने अवस्था आउन सक्छ । त्यसकारण लक्षणहरुलाई पहिले पहिचान गरी समयमै चिकित्सकको सल्लाह बमोजिम औषधी सेवनसँगै मानवीय जीवनशैली परिर्वतनका उपायहरु अपनाई जटिलता हुन नदिन भने सकिन्छ ।

शरीरको नर्मल रक्तचाप स्थिर राख्नको निम्ति या उच्च रक्तचाप भएपनि जटिलता हुन नदिन स्वस्थ जीवनशैली, समय—समयमा स्वास्थ्य जाँच र जनचेतना नै मूल आधारभूत सुत्र हुन् ।

 (चापागाई त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्यनन संस्थानमा मास्टर इन नर्सिङ अध्ययनरत छन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ