२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबजेट अभावमा बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

बजेट अभावमा बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल


वीरेन्द्रनगर—कालिकोटमा रहेको सरुवा रोग अस्पताल बजेट अभावमा बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको सरुवा रोग अस्पताल बजेट अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको हो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बजेट नछुटाउँदा सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा आएको छ । दुई वर्षदेखि विभिन्न किसिमका सेवा दिदै आइरहेको अस्पताललाई प्रदेश सरकारले आगामी आर्थिक वर्षका बजेट विनियोजन नगर्दा समस्या आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

एक जना मेडिकल अधिकृतसहित २१ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक पर्ने बजेट व्वस्थापनका लागि कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अधिकृत कटकबहादुर महतले बताए । ‘सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न माग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको छ ।’

सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई बजेट व्यवस्थापनका लागि माग गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत विश्वकर्माले बताए । ‘२१ जना दरबन्दी रहेको अस्पतालमा २१ जनाले काम गर्दै आउनुभएको थियो,’ उनले भने, ‘अहिले त अस्पतालका लागि बजेट नै आएन् ।’

स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद् विषय भएकोले यसका लागि आवश्यक पहल थालिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ