२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमित महिनावारीको लागि फाइदा हुने योगासान

नियमित महिनावारीको लागि फाइदा हुने योगासान


नियमित रुपमा महिनावारी नहुँदा यसले प्रजनन क्षमतालाई असर गर्न सक्छ । कहिलेकाहीँ महिनावारी अनियमित हुँदा फरक पर्दैन तर धेरै पटक महिनावारी अनियमित हुँदा यसले धेरै असर गर्न सक्छ ।

महिनावारी हरेक महिलाको लागि महत्वपुर्ण छ । यसमा आउने समस्याले महिलाहरुको प्रजनन क्षमता कमजोर बनाउन सक्छ । धेरै महिलाहरु खराब जीवनशैलीका कारण अनियमित महिनावारीको कारण तनाव र चिन्ता लिन्छन् । सामान्यतया महिनावारीको समय २८ दिनको हुन्छ । तर २१ दिन देखि ३८ दिन सम्म पनि हुनसक्छ ।

यदि तपाइलाई ३५ दिनमा पनि महिनावारी भएको छैन भने यो अनियमित महिनावारी हो । अनियमित महिनावारी बार बार भइरहेको छ भने डक्टर सँग सल्लाह लिनुपर्छ । यदि धेरै पटक अनियमित महिनावारी भएको छ भने योगासान गर्न सक्नुहुन्छ ।

मत्स्यासन
भुईमा सिधा सुत्नुहोस् । कम्मर मुनि आफ्नो हात राख्नुहोस् । कुहिनोले कम्मर छुनुहोस् । दुबै खुट्टालाई क्रस मुद्रामा राख्नुहोस् । हातले खुट्ट्लाइ समाउनुहोस् । श्वास छोड्दै टाउको पछाडी तिर लगेर भुईमा छुनुहोस् । केहि समय यहि मुदमा बस्नुहोस् । र श्वास छोड्दै सिधा आउनुहोस् ।

बुद्धकोणासन
भुइमा बस्नुहोस् । खुट्टा क्रस नगरी, हातले खट्टा छुन नमिल्ने गरि त्रि कोण आसनमा बस्नुहोस् । खुट्टालाई हातले समाउनुहोस् र घुडालाई हल्लाउनुहोस् । यो योग केहि समय सम्म गर्नुहोस् ।

मालासन
स्क्वायर अाशनमा बस्नुहोस् । खुट्टालाई हिपको चौडाइमा अलग राख्नुहोस् । घुडालाई चौडाइमा फैलाउनुहोस् । हातलाई नमस्ते अाशनमा राख्नुहोस् । कुहिनोलाई घुडाको छेउमा पुग्ने गरि फैलाउनुहोस् । केहि समय यहि स्थितिमा रहनुहोस् र सामान्य स्थितिमा आउनुहोस् ।

उष्ट्रासन
घुँडा टेक्नुहोस् र खुट्टालाई अलग राख्नुहोस् । खुट्टा समातेर विस्तारै पछाडितिर झुक्नुहोस् । घुँडा र काँध सिधा रेखामा राख्नुहोस् । गहिरो श्वास लिँदै आफ्नो सन्तुलनको लागि आफ्नो हातले खुट्टा समातेर आफ्नो ढाडलाई घुमाउनुहोस् । केहि समय यहि स्थितिमा रहनुहोस् । अब सिधा स्थितिमा आउनुहोस् । ढाड र हातलाई आराम दिनुहोस् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ