२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने

स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने


काठमाडौं—स्वास्थ्य सेवा विभागमा काजमा रहेका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने भएको छ । विभागका प्रशासन उपसचिव भवनाथ खतिवडाले काजका कर्मचारीलाई नीतिअनुरुप नै भोलिदेखि हाजिर गर्न नदिइने बताए ।

‘सबैलाई काज फिर्ताको पत्र दिइसकिएको छ,’ उपसचिव खतिवडाले भने, ‘भोलिदेखि उहाँहरुले विभागमा हाजिर गर्न पाउनुहुन्न ।’

विभागमा काजमा ३० जना कर्मचारी रहेका छन् । उनीहरुमध्ये ७—८ जनाले मात्रै रमाना लिएको विभाग स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्य सेवा विभागले काजमा भएका कर्मचारी दरबन्दी भएको स्थानमा गएर हाजिर नगरे वा काजमा भएकै स्थानमा हाजिरी गरेर तलब भुक्तानी गरिए कार्यलय प्रमुख र लेखा प्रशासन प्रमुखले असुल उपर गर्नुपर्ने पत्र मातहतका निकायहरुलाई पठाइसकेको छ ।

विभागले काज फिर्ता लिएर दरबन्दी भएको स्थानमा नजाने कर्मचारीलाई पनि विभागीय कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ