२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरमाथि बिरामीका आफन्तको हिंस्रक आक्रमण, सर्वत्र विरोध

डाक्टरमाथि बिरामीका आफन्तको हिंस्रक आक्रमण, सर्वत्र विरोध


काठमाडौं—हेटौडास्थित सन्चो अस्पतालका चिकित्सकहरुमाथि बिरामीका आफन्तहरु अत्याचारको नमुना देखाएका छन् । बुधबार अस्पतालका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि उपचारको विषयलाई लिएर एचडियु वार्डमै बिरामीका आफन्तहरुले हिंस्रक आक्रमण गरेका हुन् ।

आक्रमणबाट डाक्टरद्वय गम्भीर घाइते भएका छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि धम्काइएको छ । घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी सम्बद्ध संघसंस्थाहरुले दोषीलाई कारवाहीको माग गरेका छन् ।

नेपाल चिकित्सक संघ (एनएमए)ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ । एनएमएले ७२ घण्टाभित्र दोषीलाई कानुनी कारवाही नगरिए चरणवद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले चिकित्सकमाथि भएको आक्रमण अमानवीयता र क्रुरताको पराकाष्ठ भन्दैं दोषीलाई हदैसम्मको कडा कारवाही हुनुपर्ने माग राखेको छ ।

यसैगरी, प्रगतिशील चिकित्सक संघले कसुरदारलाई तत्काल पुर्पक्षका लागि थुनामा राख्न र कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ