२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति

चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकसँग वार्ता गर्न समिति गठन गरेको छ । आइतबार मन्त्रालयले चिकित्सकहरुको हकहित र सुरक्षाका विषयमा छलफल गर्न पाँच सदस्सीय वार्ता समिति गठन गरेको जनाएको हो ।

आइतबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता समिति बनाएका हुन् ।  समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव रहने गरी समिति गठन गरेको छ ।

उक्त समितिले चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आइतबार बिहान ११ बजेदेखि वार्ता सुरु गर्ने जनाएको थियो । अबको केही बेरमा सम्बन्धित निकायसँग छलफल सुरु गरी विवादको समाधान गरिने मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ