२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री यादव परोपकार अस्पतालमा

स्वास्थ्यमन्त्री यादव परोपकार अस्पतालमा


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निरिक्षण गरेका छन् । आइतबार दिउँसो आकस्मिक निरिक्षणमा पुगेका मन्त्री यादवले अस्पतालका आकस्मिक कक्ष, मिल्क बैक, आईसीयुलगायतको सेवा प्रत्यक्ष अवलोकन गरेका थिए ।

मन्त्री यादवले निरिक्षणपछि अस्पतालका विषयमा जानकारी लिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

निरिक्षणका क्रममा मन्त्री यादवले इमर्जेन्सी कक्ष बढाउने, एनआईसीयुको भेन्टिलेटरसहितको वेड संख्या बढाउने कुरामा सहयोग गर्ने वचन दिएका छन् ।

त्यसैगरी, कुपण्डोलमा रहेको ओपिडी भवनमा साउनबाट सेवा सुरु गर्ने गरी सहयोग गर्न आफू तयार रहेको बताएको निर्देशक डा. अधिकारीले जानकारी दिए ।

थापाथलीको भिडलाई कम गर्न अस्पतालले अगाडि सारेको उपत्यकाका विभिन्न ठाउँको स्याटेलाइटलाई सेवालाई व्यवस्थित गर्नयोजनासहित मन्त्रालयमा प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ