२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी

रुपन्देहीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी


बुटवल—प्रदेश ५ को केन्द्रका रुपमा विकास हुँदै गएको रुपन्देहीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी सुरु भएको छ । पूर्ण खोप सुनिश्चितलाई घोषणा मात्रमा सीमित गर्न नहुने गरी छलफल सुरु भएको हो । पूर्ण खोप दिगोे हुने गरी कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालहरुसँग बिहिबार बुटवलमा छलफल समेत भएको छ ।

‘जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गर्नुपूर्व के कस्ता समस्याहरु हुन सक्छन् । दिगो कसरी बनाउन सकिन्छ भन्ने विषयमा बुटवलमा अभिमुखीकरण समेत गरिएको छ,’ खोप अधिकृत भेषराज शर्माले भने, ‘पूर्ण खोप सँगै खोपलाई गुणस्तरीय समेत बनाइने छ ।’

खोपमा गुणस्तर ल्याउन र थप प्रभावकारी बनाउन रुपन्देहीको मायादेवी गाउँपालिकाबाट यही १४ गेतेदेखि बालवच्चालाई शारिरीक परीक्षण गरेर मात्र खोप लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

जिल्ला, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक समन्वय र सहकार्य गर्ने बताए ।

सबै बालवालिकाहरुलाई सबै किसिमका खोप लगाउने काममा स्थानीय तहको भूमिका हुन्छ । ‘स्थानीय तहहरुले विशेष जोड दिएर काम गर्नुपर्ने हुन्छ, प्रदेश पाँचका स्वास्थ्य निर्देशक डा. विनोद गिरी भन्छन्, ‘त्यसमा प्रदेश तथा अन्य तहहरुको समन्वयले काम गर्दा दिगो पन आउनेछ ।’

खोप लगाउने क्रम सुरु भएसँगै नेपालमा बाल मृत्युदर घट्दै गएको तथ्यांकले देखाउँछ । खोप कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन खोप लगाउन छुटेका बालवालिकाहरुको पहिचानमा जोड दिनु पर्नेमा विज्ञहरुले जोड दिन्छन् । खोप लगाउने स्थानलगायतको व्यवस्था मिलाउन स्थानीय तहको भूमिका प्रमुख हुने गर्दछ ।

जिल्ला भरमा खोपको अवस्थाका बारेमा अभिभावकीय भूमिकामा जिल्ला समन्वय समिति रहने गर्दछ । जिल्ला समन्वय समिति संयोजकको नेतृत्वमा रहने जिल्ला खोप समन्वय समितिले जिल्लामा खोपका बारेमा सम्पूर्ण कामको समन्वय गरेको हुन्छ । जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणासहित त्यसको दिगो कार्यन्वयन हुने गरी काम गर्न खोजिरहेको संयोजक एकराज विश्वकर्माले बताए । खोपको विषयमा अझै समाजमा जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

नगरपालिका वा गाउँपालिकाहरुमै खोपको सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता समेत देखिएको छ । त्यसो गर्न सकेमा खोप बिग्रिनबाट जोगिने र खोपको गुणस्तरसमेत कायम रहने हुन्छ । खोपलाई व्यवस्थित गर्न जिल्लाले स्थानीय तहहरुसँग समन्वय गर्नुपर्नेमा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरी जोड दिन्छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ