२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौला पत्थरी निकालियो

५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौला पत्थरी निकालियो


बुटवल—बुटवलमा रहेको तिनाउँ अन्तर्राष्ट्रिय हस्पिटल प्रालिले उपचारमा नयाँ उपलब्धि हात पारेको छ । ५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।

‘बिना अप्रेसन दुरविनले नचिरिकन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो,’ अफरेसनमा संलग्न एनएसथेसियोलोजिष्ट डा. रमेश भट्टराईले भने, ‘यो प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन । हामी गर्न सफल भएका छौं ।’

काठमाडौं, चितवनमा यस प्रकारको उपचार पद्धती भएपनि यस क्षेत्रमा भने नभएको उनले बताए ।

अप्ररेसनमा एनएसथेसियोलोजिष्ट डा. भट्टराईसहित युरो सर्जन डा. सन्जय कुमारलगायतको समूहले सफलतापूर्वक स्टोन निकालेको थियो । प्रविधिको उच्चतम प्रयोगबाट यो उपचार हुने गर्दछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ