२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभीम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु

भीम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु


बुटवल-रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु भएको छ । जिल्ला अस्पतालका रुपमा रहेको भीम अस्पतालमा बालरोग विशेषज्ञ सेवा नहुँदा सेवाग्राही मर्कामा पर्दै आएका थिए ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भएर पनि डाक्टर नहुँदा समस्या हुँदै आएको थियो । भीम अस्पतालमा हाल करारमा बालरोग विशेषज्ञ डाक्टर नियुक्त गरेर अस्पतालमा बालरोग विशेषज्ञ सेवा शुभारम्भ गरेपछि बिरामी बालवालिकाहरु अस्पतालमा आउन थालेका छन् ।

अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायकाअनुसार भीम अस्पताल विकास समितिले बालरोग विशेषज्ञ डा. आरिफ हुसेनलाई अस्पतालमा नियुक्त गरेको छ । भीम अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भएपनि दरबन्दी अनुसारका डाक्टर नहुँदा विशेषज्ञ सेवा सञ्चालन हुन सकेको थिएन ।

अस्पतालबाट हाल २४ घण्टा फार्मेसी सेवा सञ्चालन भइरहेको छ भने ल्याब र एक्स–रे सेवा १२ घण्टा प्रदान गरिँदै आएको छ । ल्याब र एक्स–रे पनि अब छिट्टै २४ सै घण्टा सेवा दिने गरी तयारी भइरहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले बताए ।

तीन शैय्याबाट सुरु भएको अस्पतालले २०३५ सालमा १५ शैय्या र २०४१ सालबाट २५ शैय्याको सुविधा प्रदान गर्दै आएको छ ।

भीम अस्पतालमा वार्षिक करिब ७० हजारले सेवा लिन्छन् । नेपाल सरकारबाट २५ बेडको स्वीकृती प्राप्त जिल्ला अस्पतालमा हाल ६० बेड छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ