२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा

अस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा


बुटवल-कपिलवस्तुको तौलिहवामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतहरु अख्तियारको फन्दामा परेका छन् । केन्द्रका डा. पवन गुप्ता, डा.रुप नारायण श्रेष्ठ र मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट आएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रबाट आएका टोलीले अनुसन्धान गरिरहेको छ । केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि काठमाडौं लगेको बताए । प्रदेश नम्बर ५ सरकारले बाख्रा पालनका लागि १२ लाखमध्ये ६ लाख रुपैयाँ अनुदान दिने गरी कृषि समूहलाई छनौट गरेको थियो ।

गत आर्थिक वर्षमा दिइएको अनुदानले अनुगमनका क्रममा आफूहरुले करिब ६० वटा बाख्रा फर्ममा रहेको पाएको केन्द्रका प्रमुख चौधरीले दाबी गरे । तर सो फर्ममा प्रदेश नम्बर ५ को संसदीय अनुगन टोलीले अनुदानको दुरुपयोग गरेको प्रतिवेदन पेश गरेको छ । अहिले फर्ममा बाख्राहरु छैनन् । कृषक समूहले फर्ममा रहेको सबै बाख्राहरु मरेको बताउने गरेको प्रमुख चौधरीले बताए ।

कामै नगरेको कृषक समूहलाई अनुदान बापतको रकम भुक्तानी गर्न तीन जना अधिकृतले सिफारिस गरेका थिए । अख्तियारमा परेको उजुरी र संसदीय समितिले समेत दुरुपयोग गरेको ठहर गरेपछि तीन जना अधिकृतलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ