२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था

तिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था


बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हरेक वडामा एउटा सरकारी स्वास्थय संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समीक्षा सार्वजनिक गरेको छ ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी संचालनमा रहेका छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चारणमा रहेको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । ‘हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं,’ प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ ।’

नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर संचालनमा छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था रहने गरी बजेटको समेत व्यवस्था गरिएको छ ।

नगरपालिकाले नगरका स्थायी बासिन्दाका लागि रगतको सेवा शुल्कलाई निःशुल्क बनाउने व्यवस्था गरेको छ । ‘नगरमा स्थायी बसोवास भएका व्यक्तिहरुले रक्त सञ्चार केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको सेवा शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाएका छौं । रगतका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले काम गरिरहेका छौं,’ उनले भने ।

नगरपालिकाले जेष्ठ नागरिक तथा गर्भवती महिलाको सुत्केरी सेवाका लागि जिल्ला भित्रका स्वास्थ्य संस्थामा पु¥याउन निः शुल्क एम्बुलेन्सको व्यवस्थासमेत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य स्वयंसेविकाको विदाइका लागि प्रतिव्यक्ति ३० हजार आन्तरिक स्रोतबाट प्रदान गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

गर्भवती र सुनौलो हजार दिनका बालवालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उपमेयर कार्यक्रम समेत सञ्चालन भैरहेको मध्यावधी समीक्षामा उल्लेख छ । प्रत्येक संस्थाबाट संचालन हुने खोप कार्यक्रमको लागि भ्याक्सिन नगरपालिकाबाट वितरण हुँदै आएको घिमिरेले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ