२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालले छुट दिएपछि एक महिनापछि डिस्चार्ज भइन ठगीसरा

अस्पतालले छुट दिएपछि एक महिनापछि डिस्चार्ज भइन ठगीसरा


बुटवल-आर्थिक समस्याका कारण अस्पतालबाट डिस्चार्ज हुन नपाएकी पाल्पाकी ठगीसरा सोमैलाई अस्पतालले छुट गरेपछि डिस्चार्ज भएकी छन् । तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालमा उपचार गरिरहेकी पाल्पा रामपुर नगरपालिका ४ की ठगीसराको उपचार शुल्कमा अस्पतालले छुट गराई दिएपछि डिस्चार्ज भएकी हुन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उनी अस्पतालबाट घर जान पाएकी थिइनन् । १८ वर्षीया ठगीसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासनले छुट दिने भएपछि उनी मंगलबार साँझ अस्पतालबाट डिस्चार्ज भइन् ।

विगत ८४ दिनदेखि अस्पतालमा रहँदा १ लाख ६२ हजार ४ सय रुपैयाँको विल तयार भएको थियो । बिरामी सोमैको माइतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैयाँ शुल्क अस्पताललाई बुझाइसकेका थिए । ७४ हजार ४ सय ७० रुपैया भुक्तानी गर्न बाँकी रहेको थियो । चिकित्सकले घर लैजान सुझाव दिएपनि बाँकी शुल्क बुझाउन नसक्दा उनी अस्पतालमै थिइन् ।

गत असोज ८ गते श्रीमान भूमबहादुर सोमैले पुजाको टाउकोमा प्रहार गरी ठूलो चोट लाग्ने गरी घाइते बनाएका थिए । असोज २९ गते पाल्पाको लुम्बिनी मेडिकल कलेजमा भर्ना गएकी सोमै त्यहाँ निको नहुने भएपछि क्रिमसनमा भर्ना गरिएको पुजाका दाजु सुवास परियारले बताए ।

‘चिकित्सकले एक महिनाअघि नै घर लैजान डिस्चार्ज दिएका थिए । तर, पैसा तिर्न सकिएन । पैसा तिर्न नसक्दा घर फर्कन सकिएन्,’ उनले भने ।

उनको डिस्चार्ज गर्न प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले समेत पहल गरेको उनले बताए ।

क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको आर्थिक अवस्था कमजोर भएकोले बाँकी शुल्क छुट गरी बिरामीलाई घर पठाइएको बताए ।

सामाजिक विकास मन्त्री बरालले कुनै पनि अस्पतालले १० प्रतिशत बिरामीलाई विपन्नताका आधारमा निशुल्क उपचार गर्नुपर्ने प्रावधान रहेको भन्दै त्यसको प्रभावकारी कार्यन्वयनमा जाने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ