२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वनेताको खानपानको आनीबानी

विश्वनेताको खानपानको आनीबानी


विश्वका चर्चित नेताहरु  स्वस्थ जीवन शैली र खाने विषयमा प्रायः सचेत छन् । स्वास्थ्यसम्बन्धी बढ्दो चेतनाकै कारण उनीहरुमध्ये कतिपय आफ्नो उमेरको तुलनामा धेरै जवान देखिन्छन् । तर, कतिपय चर्चित नेता भने खानपानका बारेमा खासै चासो दिदैनन् । नत उनीहरु चुजी नै छन् । प्रस्तुत छ विश्वनेताको खानपानसम्बन्धी आनीबानी


चिकेन आईटम घृणा गर्छन मोराल्स

बोलिभियाली राष्ट्रपति इभो मोराल्स खानेकुरामा पनि विशेषतः चिकेन आईटमप्रति सचेत छन् । उनी चिकेनबाट बनेका सबै परिकार घृणा गर्छन । ‘चिकेनले मानिसलाई समलिंगी बनाउछ,’ एक पटक उनले भनेका थिए । चिकेनमा प्रशस्त मात्रामा महिलामा पाईने हर्मन हुने र यो धेरै खादा पुरुष पनि महिलाजस्तै व्यबहार गर्ने उनको दाबी छ । आलोचकहरु उनलाई चिकेन फोबिया भएको आरोप लगाउदै आएका छन् । उनी पश्चिमेलीको खाने आदत पनि त्यति मन पराउदैनन । पश्चिमा शैलीको खानेकुरा मानिसको स्वास्थ्यका लागि जोखिम भएको उनको भनाई छ । साकाहारी खानेकुरालाई जोड दिने उनी सागसब्जी तथा टमाटर अध्यधिक मन पराउछन् ।

चुकन्दर ओबामालाई सबैभन्दा मन नपर्ने खानेकुरा भने ब्रोकाउली उनको रोजाईको सब्जी हो

आफै पकाउन मन पर्छ मर्केललाई
जर्मन चान्सलर एन्जिला मर्केल पूर्वी जर्मनीको यस्तो ठाउमा हुर्किन जहाँ कुनै बेला खानेकुराको निकै अभाव हुन्थ्यो, र मानिसहरु खानाकै लागि लामो समय लाईनमा कुर्नु पथ्र्यो । खानेकुराको अभावले बालिका मर्केललाई पनि खानेकुराको जोहो गरेर राख्नु पर्छ भन्ने पाठ सिकाएको थियो । र, अहिले चान्सलर हँुदा पनि खानेकुरा साँचेर राख्ने उनको त्यो बानी अझै छ । मर्केल यमी फुडलगायत केही खानेकुरा पकाउन मन पराउछिन । उनलाई हंगेरीको सब्जी लेट्चो औधी मन पर्छ । त्यस्तै आलुको सुप भनेपछि उनी हुरुक्क हुन्छिन । ट्रट र प्लम्प केक, स्पाईसी कबाब उनका रोजाईका अन्यखानेकुरा हुन । खानेकुरामा उनी खासै चुजी छैनन् ।

परीक्षण गराएर मात्र खान्छन पुटिन
खाने सबालमा रसियाली राष्ट्रपति भ्लादिमर पुटिन सचेत छन् । आफ्ना विभिन्न कारनामाका कारण संचारमाध्यममा बारम्बार चर्चामा आउने पुटिन गोप्यनियताका मामिलामा माहिर छन् । उनको खानेकुरा पनि प्राय गोप्य नै हुन्छ । उनी निकट व्यक्तिहरुका अनुसार पुटिनलाई पिस्टाचिओ आईसक्रिम निकै मन पर्छ । चिसो मौसममा पनि उनी आईसक्रिम छिटोछिटो खान्छन् । पकाउने खानेकुरा विषाधियुक्त छ छैन भन्ने परीक्षण गराएर मात्र खान्छन् पुटिन । तसर्थ, परीक्षण नगरेको कुनै पनि खानेकुरा पुटिनलाई चल्दैन । पुटिनका कुकले खानेकुरा सुरक्षित भएको सुनिश्चित गरेपछि मात्र सहयोगीले उनलाई खान सुझाब दिन्छन् ।

आलमन्डका पारखी ओबामा
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा खाने विषयमा निकै सचेत छन् । निकै फूर्तिला ओबामा बिहानको ब्रेकफास्टमा आल्मन्ड छुटाउदैनन् । उनी आल्मन्डका सौखिन हुन । आल्मन्डले दिमागलाई तेज पार्ने र शरिरलाई पनि फिट पार्ने उनको बुझाई छ । त्यस्तै, लन्चको समयमा उनी प्राय स्यान्डविच लिन्छन ।चुकन्दर ओबामालाई सबैभन्दा मन नपर्ने खानेकुरा हो भने ब्रोकाउली उनको रोजाईको सब्जी हो । ओबामाले एक अन्र्तवार्तामा  नै आफ्नो खानामा ब्रोकाउने नछुट्ने बताएका थिए । स्मरण होस अमेरिकाकै पूर्व राष्ट्रपति जर्ज बुस जुनियर ब्रोकाउलीका कुनै पनि परिकार मन पराउदैनन् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ