२०७९ असोज १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यएन्टिवायोटिक जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा !

एन्टिवायोटिक जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा !


काठमाडौ । मानिसको शरिरमा एन्टिवायोटिकले काम गर्न क्रमशः छाड्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । एन्टिवायोटिकको प्रतिजैविक प्रतिरोध बढ्दै गएको बिषयमा विश्वव्यापी बहस बढिरहेका बेला स्वास्थ्य मन्त्रालयले  यसबारे चिन्ता व्यक्त गरेको हो । एन्टिवायोटिकले काम नगर्दा घातक निमोनिया देखा परिरहेका छन् । स्वास्थ्य मन्त्रालयका बरिष्ठ अस्पताल प्रशासक डा. दिपेन्द्ररमण सिंहका अनुसार एन्टिवायोटिक जनस्वास्थ्यका लागि विश्वव्यापी खतराका रुपमा देखिएको छ । उनले भने, ‘एन्टिवायोटिकको दुरुपयोग रोक्न नेपालसहित विश्वसमुदाय गृहकार्यमा जुटेका छन् । तर, विश्वसमुदायले सन् २०१७ को कार्ययोजनामा नेपालले काम सम्पन्न गर्नसकेन । ’
एन्टिवायोटिकको प्रति जैविक प्रतिरोध बढ्दै गएको बिषयमा गंभिर देखिएको स्वास्थ्य मन्त्रालयले हाल त्यससंग सम्बन्धित अन्य मन्त्रालयलाई पनि एकिकृत गरेको छ ।

एन्टिवायाटिकले काम नगर्दा  खतरा
विश्वमा पहिलो पटक सन् १९२८ मा एन्टिवायोटिक पत्ता लागेको थियो । त्यसलाई पेनसिलिङका नामले चिनिन्थ्यो। डा. सिंहका अनुसार व्याबसायिक रुपमा एन्टिवायोटिक सन् १९४० देखि सुरु भएको हो । त्यस अगाडी एन्टिवायोटिक प्रचलनमा थिएन । साधारण झाडापखाला लागेपनि बिरामीको मृत्यु हुन्थ्यो । पहिलो पटक सुरु भएको एन्टिवायोटिक पेनसिलिङले राम्रो काम गरेपछि यसको व्यवसायिक बृद्धि हुदै गयो । सन् १९४८, १९५३, १९८५, १९९३ सम्म बिभिन्न प्रकारका एन्टिवायोटिक पत्ता लागे । तर, ३० वर्ष देखि नयाँ एन्टिवायोटिक पक्ता लागेको छैन, जसले विश्वव्यापी खतराको संकेत गरेको छ ।

पत्ता लाग्नै छाड्यो नयाँ एन्टिवायोटिक
अन्तिम पटक सन् १९९३ मा एन्टिवायोटिक पत्ता लागेको थियो । नयाँ एन्टिवायोटिक पत्ता लाग्न नसकेको झन्डै ३० वर्ष भएको छ । नयाँ एन्टिवायोटिक पत्ता नलाग्दा ३० वर्ष पुराना औषधिहरु बजारमा विक्री भइरहेका छन् । मनपरी रुपमा यसको प्रयोग बढे्पछि एन्टिवायोटिकविरुद्धका किटाणुहरु बलिया हुन थालेको मन्त्रालयको निष्कर्ष छ । ५ दिन खानु पर्ने औषधि दुई दिन मात्रै बिरामीले खाने गरेका छन् । निको हुनासाथ औषधिको सेवन छाड्ने प्रवृत्तिले पनि किटाणु थप बलियो बन्न थालेको उनिहरुको तर्क छ । किटाणुहरु पुरानै हुन तर थप बलियो बनेर शरिरमा आएका छन् ।

भाइरस भएको बेला पनि एन्टिवायोटिक
डाक्टरहरुले शरिरमा भाइरस हुँदा पनि  एन्टिवायोटिक चलाउँने गरेको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार एन्टिवायोटिक प्रयोग भएका खानेकुराको नियमित प्रयोगबाट एन्टिवायोटिकले काम गर्न छाडेको छ ।

एन्टिवायोटिक किन कमजोर भयो ?
– आवश्यकता बिना एन्टिवायोटिक खाने
– भाइरस भएको बेला पनि एन्टिवायोटिक चलाउने
– जनचेतनाको कमि
– चिकित्सकको सल्लाह बमोजिम औषधिको प्रयोग नहुनु
– समय अगावै औषधिको सेवन छाड्नु
– बदलिदो जीवन शैलिमा परिवर्तन
– कृर्षिजन्य वस्तु, माछा, मासु, फफुलमा एन्टिवायोटिकको प्रयोग
– सरसफाईको कमी
– खाने पानीको अभाव
– अव्यवस्थित सहर, धुवाँ धुलोको व्यवस्थापन नहुनु
– ३० वर्ष सम्म पुरानै एन्टिवायोटिक प्रयोगमा रहनु

एन्टिवायोटिकले विश्व चिन्तीत
वर्षौ देखि नयाँ एन्टिवायोटीक पत्ता नलाग्नु र अहिलेका किटाणुले पुराना एन्टिवायोटिकलाई जित्नु चिन्ताको विषय बनेको छ । सेक्टेम्बर २०११ मा विश्वस्वास्थ्य संगठन डब्लुएचओले दक्षिण एशिया क्षेत्रमा एन्टिवायोटीकको तहगत रुपमा समाधान गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयका अस्पताल प्रशासक डा. दिपेन्द्ररमण सिंहका अनुसार अनावश्यक रुपमा प्रयोग भएको एन्टिवायोटीकलाई कसरी कम गर्ने भन्ने बारेमा विश्वसमुदाय लागि परेको छ ।
मे २०१५ मा एन्टिवायोटिकको प्रतिजैविक प्रतिरोध रोक्न विश्व स्वास्थ्य सम्मेलनले विश्वव्यापी कार्ययोजना तय गरेको थियो । सम्मेलनले सबै राष्ट्रलाई कार्ययोजना बनाउन अनुरोध समेत गरेको थियो । ‘सबै राष्ट्रलाई सन् २०१७ को मेसम्म आफ्नो कार्य योजना बनाउने सम्मेलनले अनुरोध गरेको थियो । यही अनुसार हामीले काम गरेका थियौं । तर, स्वास्थ्यमन्त्रालयको मात्रै जिम्मा नभएकाले केही ढिला भएको छ ’ डा. सिंहले भने ।
एन्टिवायोटीकको प्रयोग जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा भएको डा. सिंहले बताए ।

एन्टिवायोटिकको दुरुपयोग रोक्ने दायित्व कसको ?
एन्टिवायोटिकको बढ्दो प्रयोग रोक्न स्वाथ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुुपङ्छी मन्त्रालयको भुमिका पनि रहन्छ । मन्त्रालयका अनुसार अहिले प्राविधिक टिम बनेको र त्यसले काम गरिरहेको छ । आगामी एक महिनामा यसले आफ्नो योजनासहित कार्यक्रम लागु गर्नेछ । विश्वस्वास्थ्य संगठन, वल्ड एनिमल हेल्थ अग्रनाईजेशन र फुड एनिमल्स एग्रिकल्चर अग्रनाइजेशनले संयुक्त रुपमा काम गर्ने संझौता गरेका छन् ।

३० बर्षदेखि चलेका मुख्य औषधि
– पन्सिलिङ् ग्रुपः १९४० देखि निरन्तर चलिरेको
– म्याक्रोलिष्ट्स ग्रुपः १९४८ देखि १९४५ सम्म विकास
– फ्रोरोकुइनोलोन्स ग्रुपः १९८५ देखि १९९३ सम्म विकास
-कार्बापेनिम्स ग्रुपः १९८५ देखि १९९३ सम्म विकास


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)